देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुकुममा जन्ती सवार जीप दुर्घटना, ४जनाको घटनास्थलमै मृत्यु

देशान्तर

काठमाडौँ – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ स्थित पोखरामा जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबिसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गएराति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा आठबीसकोट–८ का ४८ वर्षीय आइते चदारा, ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । डीएसपी केसीका अनुसार दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् ।

घाइते नेपालीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रोकेर यात्रु ओरालिरहँदा जीप एक्कासी पछि सरेर दुर्घटना भएको बताइएको छ ।