देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन

देशान्तर

काठमाडौं .चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको छ। स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। युवाहरुले प्लाकार्डमा गो ब्याक चाइनाु, नेपाली भूमि मिच्न पाइँदैनु, चिनियाँ विस्तारवाद मूर्दावाद लेखेर प्रदर्शन गरेका थिए।

स्वतन्त्र नागरिक समूहको नाममा प्लेकार्ड बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरे। प्रदर्शनमा आएका युवाहरूले नेपालकमो उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताए।