देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोलाले बगाउँदा मकवानपुरमा एक दम्पतीको मृत्यु

देशान्तर

काठमाडौ । मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका ६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

आज बिहान सामरी खोलाले बगाउदा मृत्यु भएको हो । मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाको वडानम्बर ३ नम्बरतर्फ उनीहरु हिँडेका थिए ।

खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घट्नास्थलतर्फ गइसकेको उनले बताए ।

शुक्रबार र शनिबार मात्रै मकवानपुरमा खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको थियो । स्थानीय खोलाहरुमा आएको बाढीले बगााउँदा हेटौंडा–१९, कैलाश र भीमफेदी गाउँपालिकामा गरी तीन जनाको मृत्यु भएको थियो ।