देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रौतहटमा थप ११ जनामा कोरोना पुष्टि

देशान्तर

रौतहट । रौतहटको गरुडा नगरपालिकामा मंगलबार ३ जना स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा तीन दिनमा ५४ जना संक्रमित थपिएका छन् ।

गरुडा नगरपालिकाका ३ जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले बताए । गरुडाका मधेसवादी दलका नेता राजकुमार दाससहितमा संक्रमण देखीएको हो ।

साउन २२ गते गरुडाका ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा एक महिलासहित ११ जनाको रिपोर्ट पाजिटिभ आएको हो ।