देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेबिसंघद्धारा पोखरा विश्वविद्यालयमा पदधिकारी नियुक्त गर्न २४ घण्टे अल्टिमेटम

देशान्तर

काठमाडौं – नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा पदधिकारी नियुक्त गर्न २४ घण्टे अल्टिमेटम दिएको छ। संघले माइतीघर मण्डलामा प्रर्दशन गर्दै शिक्षामन्त्रीलाई २४ घण्टे अल्टिमेटम दिएको हो। असोजदेखि उपकुलपति रजिष्ट्रार र शिक्षाध्यक्ष नभएका कारण शैक्षिक क्रियाकलापमा प्रभाव पारेको निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए।

‘पदधिकारीमात्र होइन‚ ३ वटा फ्याकल्टीकै डिन र परीक्षा नियन्त्रक पनि हुनुहुन्न,’ त्रिपाठीले भने, ‘नेतृत्व नभएका कारण विश्वविद्यालयमा अन्य शैक्षिक गतिविधी प्रभावित बनेको छ।’ त्रिपाठीका अनुसार विश्वविद्यालयलाई नेतृत्वविहीन बनाएको भन्दै पोखरामा रिले अनसन र काठमाडौं, बुटवल, चितवनलगायतका ठाउँमा नेवि संघले आन्दोलन गरिरहेको छ । केन्द्रिय समितिको तर्फ बाट बोल्दै नेबिसंघ उपाध्यक्ष तुलसा पन्तले नेबिसंघ ले बारम्बार चेतावनी दिदा पनि अटेर गर्ने शिक्षा मन्त्रीलाई नेबिसंघको आन्दोलनको सामना गर्न चेतावनी दिइन ।

गत असोजमा तत्कालीन पदधिकारी सकिएपछि बुद्धिराज जोशीलाई निमित्त उपकुलपति बनाइएको थियो। तर जोशी कनिष्ठ भएको भन्दै ३ महिना निमित्त भएका उनलाई कार्यकक्ष प्रवेश गर्न दिइएन। अर्काे पटक फेरि इन्द्रराज तिवारीलाई निमित्त उपकुलपति बनाइएकोमा उनको पनि समयअवधी सकिएपछि पोखरा विश्वविद्यालय पदधिकारीविहीन बनेको हो। कार्यक्रम नेबिसंघ एन सि आइ टि ले आयोजना गरेको थियो ।