देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकामा ६ जना संक्रमित थपिए

देशान्तर

काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा थप ६ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा। जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा ललितपुरका ३ जना र काठमाडौँका ३ जना गरि उपत्यकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १३ हजार ७५४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको प्रतिशत ७३।३५ रहेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९५० रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।