देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३९ पुग्यो

देशान्तर

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनको असार ३१ गते दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ । उनी आफ्ना दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लोर गएका र असार २४ गते नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएसँगै रौतहटकै एक क्‍वारेन्टिनमा रहेका थिए ।

उनलाई रुघाखोकी र ज्वरोको समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको सोही दिन नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

उनलाई समस्या भएपछि आज बिहान भेन्टिलेटरमा सारिएको थियो । पीसीआरको रिपोर्ट उनको बुधबार नै पोजेटिभ आएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।