देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिक अस्पतालले सरकारलाई दियो एक हजार थान पीपीई

देशान्तर

काठमाडौं । नर्भिक अस्पतालले नेपाल सरकारलाई एक हजार थान पर्सनल प्रोटेक्टेड इक्विपमेन्ट (पीपीई) हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने एक हजार पीपीई स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको निर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल ट्विटमार्फत प्रति पीपीईको खरिद मूल्य तीन हजार तीन सय रुपैयाँ परेको बताएका छन् । यसको बजार मूल्य १५ हजार रुपैयाँ रहेको छ ।