देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमित पाँचै जनाको स्वास्थ्य स्थिति सामान्य : स्वास्थ्य मन्त्रालय

देशान्तर

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएर उपचाररत पाँचै जना बिरामीको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबाट संक्रमित पाँचै जनाको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका हुन् ।  ‘कोरोनाबाट संक्रमित पाँच जनाकै स्वास्थ्य सामान्य छ,’ उनले भने ।

कोरोनाबाट संक्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जनाको बागलुङ र एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताए ।