देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित ४ जना पक्राउ, कारण यस्तो

देशान्तर

काठमाडौं– समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमती पक्राउ परेका छन् । आज बिहान अस्पतालमा सरसफाइको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले अस्पताल संचालक सञ्जेलसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

गएराती अबेरसम्म विमला घर नगएपछि रातभर खोजतलास गरेका आफन्तले प्रहरीको सहयोगमा अस्पताल पुगेर हेर्दा उनी झुन्डिएको अवस्थामा भेटीएपछि प्रहरीले अनुसन्धानका लागी उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । विमलाका आफन्तले आक्रोशित बन्दै अस्पतालमा तोडफोड समेत गरेर सिसा फुटाइदिएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।