एकदिन एउटा चित्रकारले रानीको पूर्ण कदको एक सुन्दरचित्र बनायो । त्यो चित्र उसले राजालाई समर्पित ग¥यो । राजा, योगनन्द चित्र देखेर अत्यन्त प्रसन्न भयो । उसले चित्रकारलाई राम्रो पुरस्कार दियो । राजाको प्रसन्नता यसबाट थाहा पाउन सकिन्छ कि उसले आफ्नी रानीको त्यो चित्र आफ्नो सुत्ने कोठामा झुन्ड्यायो । रानीको अनुपस्थितिमा समेत रानीलाई हेर्न सकोस् ।
त्यस्तैमा बररुचि एकदिन दरबार गयो । उसलाई दरबारमा कतै पनि आउन जान रोकतोक दिएन त्यसकारण राजा खोज्दै वररुचि राजाको शयन कक्षमा पुग्यो । शयन कक्ष भव्य त थियो नै रानीको उक्त चित्रले त्यसलाई अझ सुन्दर बनाएको थियो । वररुचि पनि चित्रबाट आकर्षित भएर चित्र नजिक पुगेर हेर्न थाल्यो । वररुचिलाई पनि चित्र अत्यन्त सुन्दर लाग्यो । हेर्दाहेर्दै उसलाई के लाग्यो भने रानीको खुला कम्मरमा एउटा कोठी भए अत्यन्त सुन्दर हुन्छ । उसले आफैंले रानीको कम्मरमा एउटा कोठी बनाइदियो । चित्र अझ राम्रो देखियो । त्यसपछि वररुचि बाहिर निस्कियो ।
नभन्दै रानीको कम्मरमा साँच्चिकै एउटा कोठी रहेछ राजालाई यो कुरा थाहा थियो । राजाले पछिल्लो पल्ट चित्र हेर्दा पहिले नभएको कोठी रानीको कम्मरमा देखेपछि दासदासीहरूसित सोध्यो यो कोठी कसले बनायो ? पहिले त थिएन । तिनीहरूले भने महाराज यो कोठी वररुचिले बनाउनु भएको हो । त्यो सुनेपछि राजाको मनमा अनुचित शंका भयो । रानीको यस्तो गुप्त स्थानको भेद वररुचिले कसरी जान्यो ? पक्कै वररुचिको रानीसँग अनुचित सम्बन्ध छ । राजा अत्यन्त क्रोधित भयो । उसले एक दिन प्रधानमन्त्री शंकटारलाई बोलाएर ठाडो आदेश दियो । मन्त्री वररुचिले मेरो अन्तःपुरमा अति दुराचार गरेको छ । त्यसलाई सिध्याइदिऊ शंकटारले राजाको आज्ञा शिरोपर गर्यो तर, पछि सोच्न थाल्यो वररुचि बुद्धिमान् छन्, त्यसमाथि ब्राह्मण पनि । उनको हत्या गराउन उचित हुने छैन । त्यसकारण शंकटारले वररुचिलाई बोलाएर भन्यो । ‘तिमीलाई राजाले मार्ने आदेश दिएका छन् । तर म त्यस्तो चाहन्न । तिमी केही दिन कतै लुकेर बस म महाराजलाई तिमी मारिएको खबर सुनाइदिन्छु’
वररुचिले भन्यो– ‘तिमी निकै बुद्धिमान छौं, हुन त तिमीले मलाई मार्न पनि सक्दैनौं थियौं ।’
किन ? शंकटारले सोध्यो ।
‘किनभने एउटा राक्षस मेरो मित्र छ, त्यसले आएर मलाई जोगाइहाल्थ्यो ।’
शंकटारले सोध्यो– ‘राक्षस तिम्रो मित्र कसरी बन्यो ? मलाई प्रमाण दिऊ त्यस्तो हो भने ।’
वररुचिले राक्षसको स्मरण ग¥यो । गर्नासाथ राक्षस उनीहरू समक्ष प्रकट भयो । त्यस्तो देखेपछि शंकटारले वररुचिको प्रशंसा गर्दै भन्यो– ‘मैले माने तिमीलाई ।’
वररुचिले राक्षसलाई भन्यो– ‘नन्दको देहमा रहेको जीव इन्द्रदत्त ब्राह्मण को हो, ऊ मेरो सहपाठी र मित्र हो । तिमीले त्यसलाई नमार्नु र मलाई पनि ।’
राक्षस आफ्नो मित्र वररुचिको कुरो मानेर त्यहीदेखि अन्तरध्यान भयो । त्यो देखेर शंकटारले वररुचिलाई सोध्यो– ‘यो राक्षस कहिलेदेखि र कसरी तिम्रो मित्र बन्यो ? मलाई विस्तारमा बताउ ।’
शंकटारको अनुरोधमा वररुचिले राक्षसका साथ आफ्नो मित्रताको कथा यस प्रकार सुनायो । पातलीपुत्र नगरमा जो पनि नगराधीश बन्थ्यो, त्यसले रातिराति नगरको सुरक्षाको लागि घुम्नुपथ्र्याे तर जो पनि राति गस्ती लगाउँथ्यो त्यसलाई कसरी मारिदिन्थ्यो । त्यो देखेपछि राजा योगनन्दले त्यो काम वररुचिलाई सुम्पिदियो । अब राति राति भ्रमणका लागि निस्कन थालेँ । एकदिन एउटा एकान्त स्थानमा राक्षसले मलाई समात्यो । त्यसले सोध्यो– ‘मलाई बताऊ यस नगरमा सबैभन्दा सुन्दर स्त्री को छ ?’ वररुचिले हाँसेर उत्तर दियो ‘हेर यो संसारमा जसमाथि जसको हृदयमा माया बस्यो त्यसका लागि त्यही स्त्री सबैभन्दा सुन्दर हो । तिमी यति पनि जान्दैनौं मूर्ख ?’
यो सुनेर राक्षसको चित्र बुझ्यो प्रसन्न भएर भन्यो– ‘तिम्रो उत्तरले मेरो चित्त बुझ्यो । अब म तिमीलाई मार्दिनँ । म तिमीसँग प्रसन्न भएँ । आजदेखि हामी मित्र भयौं । तिमी मलाई जहिल्यै स्मरण गर्छाै म उपस्थित हुनेछु । तिम्रो समस्याले म आफ्नो समस्या मानेर त्यसको निराकरण गर्नेछु ।
पाठकहरूको स्मरणको लागि भनौं यो कथा वररुचिले काणभूति नामक प्रेतले सुनाएको हो । वररुचिले काणभूतिलाई कथा सुनाउँदै भन्यो– धेरै समयसम्म शंकटारले वररुचिलाई लुकाएर राख्यो । किनभने राजालाई त उसले वररुचिलाई मारिदिए भनेको थियो । कालान्तरमा एक दिन राजा योगनन्द विपत्तिमा पर्यो उसको एक पुत्र थियो । हिरण्युगुप्त त्यो बौलायो । शंकटारले मौका हेरेर एकदिन भन्यो– ‘अहिले वररुचि भएको भए उसले बताउन सक्थ्यौं, राजकुमारको पागलपनको कारण के हो ?’ योगनन्दलाई पनि यस बखत मेरो सम्झनाले सतायो । मौका हेरेर शंकटारले वररुचि जीवित छ भन्ने रहस्य खोल्यो । त्यो सुनेर योगनन्दले वररुचिसँग भेट्ने इच्छा देखायो । त्यसपछि वररुचि राजाका सामु प्रकट भयो । योगनन्दले सोध्यो– ‘वररुचि मेरो पुत्रको पागलपनको कारण के होला ?’ वररुचिले भन्यो– ‘यसले मित्र द्रोह गरेको छ । मित्रको श्रापको कारण यो पागल भएको हो ।’ वरुरुचिले त्यसो भनेपछि योगनन्दले आफ्नो पुत्र राजकुमारलाई हाजिर हुन अह्रायो, राजकुमार आयो । योगनन्दले सोध्यो– ‘तिम्रो यो गति मित्रद्रोहका कारण भएको हो भनेर वररुचि भन्छन् के यो कुरो सत्य हो ?’ राजकुमार पहिले त हाँस्यो, किन हो ? उसको मस्तिष्क रोगी थियो नि त त्यस्ताको भाव र प्रतिक्रिया सन्तुलित हुँदैन । त्यसैको तत्कालपछि राजकुमारले गम्भीर भएर शिर निहुँ¥यायो । पश्चाताप जस्तो भयो कि ? उसले मुन्टो निहुँर्याएर मसिनो आवाजमा भन्यो– ‘हो बुवाज्यू मलाई मित्रको श्राप लागेकोले यस्तो भएँ म ।’ तर आचार्य यस्तो स्वीकार गर्नासाथ राजकुमारको पागलपन निर्मूल भयो र ऊ पूर्ण स्वस्थ भयो ।
बाँकी अर्काे अंकमा…
प्रतिक्रिया