देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुक्खा पहिरो खसेपछि नुवाकोटको गल्छीमा सडक बन्द

देशान्तर

काठमाडौँ – नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको छ।

नुवाकोट र रसुवालाई जोड्ने मुख्य सडकमा हिजो पहिरो जाँदा आवागमन बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ।

सडक खुलाउन गल्छी–रसुवागढी सडक योजनाको कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् ।

ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन समस्या भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिए।

पहिरो खसेको ठाउँमा नुवाकोटबाट धादिङ लगिएको विद्युत् प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ।