देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमन्त्री शर्मा र हर्क साम्पाङबीच भेट, धरानको खानेपानी समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

देशान्तर

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउएका छन् ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग मङ्गलवार मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सङ्घीय सरकारले महानगरलाई सहयोग गर्ने आश्वासन दिए ।
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उहाँको टिमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गर्नुभएको जनपरिचालनको उच्च प्रशंसा गरे। ‘तपाईँले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निकै उदाहरणीय छ’, मन्त्री शर्माले भने ।

यस्तै मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘तपाईँहरू हाम्रो अभिभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला ।’

भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा पनि थिए ।