देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री रेग्मी

देशान्तर

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् ।

एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सङ्घसंस्थाको भूमिका तथा सम्मान कार्यक्रम’मा उनले पर्यटन, कृषि र जलविद्युत्मार्फत देशको विकास गर्नुपर्ने बताइन्।

उनले भनिन्, “मुलुकभित्रका दूरदराजका ग्रामीण क्षेत्रमा ‘होमस्टे’ सञ्चालन गरी पर्यटकलाई सहुलियत दरमा खान र बस्ने सेवा प्रदान गर्नसके नेपालको पर्यटन क्षेत्रले थप फड्को मार्ने विश्वास मैले लिएको छु ।” मुलुकलाई चिनाउनका लागि हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

मन्त्री रेग्मीले गाउँका युवा रोजगारीका लागि विदेश पलायन हुँदा गाउँघरमा ज्येष्ठ नागरिक र महिलामात्र बाँकी रहेको भन्दै युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको उनको भनाइ थियो । उनले दूरदराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताइन् ।

होटल एशोसिएशन नेपाल ९हान०का वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवद्र्धनमा एसएस हस्पिटालिटीले महत्वपूर्ण भूमिका रहेको भन्दै होटल एशोसिएशन हस्पिटालिटी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । एउटा पर्यटक नेपाल आउँदा ११ जना नेपालीले रोजगारी पाउने भन्दै जतिसक्दो धेरै पर्यटक भित्र्याउन राज्य लाग्नुपर्ने बताएकी छन् ।