देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज पनि देशभर पानी पर्ने

देशान्तर

काठमाडौं । आज पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर मौसम फैलिएको छ ।

बुधबार आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ भने केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हरेको छ ।

पछिल्ला दिनमा कम पानी परेको कर्णाली र सुदूरपश्चिमका केही भागमा पनि आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना भएकोले पहाडी क्षेत्रमा पहिरो, खोलाहरूमा बाढी आउन सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन सूचित गरेको छ ।