देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवलमा डिशहोम फाइबरनेटकाे शोरुम सञ्चालनमा

देशान्तर

डिशहोम फाइबरनेटले बुटवलको ट्राफिक चोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी मिति २०७९ बैशाख २६  गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार  सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदीले शोरुमको समुदघाटन गर्नु भएको थियो।

कार्यक्रममा सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढि सन्तुष्ट ग्राहक रहेको र डिश होम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताउनु भयो ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्स ले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ।

अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताउनु भयो।