देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी बागमती प्रदेशको अध्यक्षमा सहयात्री निर्वाचित

देशान्तर

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् ।

सिन्धुपाल्चोकका सहयात्रीले काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गरेका हुन् ।

सहयात्रीले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाएका छन् ।

तीन जना उपाध्यक्ष पदमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भए ।

तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा संगीता भट्टराई विजयी भएकी छन् । प्रदेश सम्मेलन सुरु भएको १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो ।