देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वआइजीपी प्रदीपशमशेर राणाको निधन

देशान्तर

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपशमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।

राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा संगठनका थुप्रै कर्मचारी उक्त संगठनमा समायोजित भएका थिए ।

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए ।

राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छोरा दीपशमशेर राणाले बताएका छन् ।