काठमाडौं । वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठले विभिन्न आर्थिक, प्रशासनिक अनियमितता गरेकोले उनीमाथि आवश्यक छानविन गरी हदैसम्म कारवाहीको माग गर्दै उनीबाट पीडित स्थायी, अस्थायी र करारमा कार्यरत कर्मचारीहरुले प्रधानमन्त्री कार्यालयसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरुमा उजुरी गरेका छन् ।
श्रेष्ठले कर्मचारी भर्नामा अनियमितता गरेको, जातीय आधारमा विभेद गरेको, सरसफाइसम्बन्धी सामान किन्दा भ्रष्टाचार गरेको दावी उनीहरुले गरेका छन् । श्रेष्ठले करार, ज्यालादारी नर्सिङ कर्मचारी भर्ना गर्दा आफूनिकट र जातीय आधारमा छनोट गरेको उजुरीमा उल्लेख छ ।
आफू निकटका नर्सलाई छानीछानी वार्ड प्रमुख बनाउने र अन्यलाई कार्यकक्षमै गालीगलौज गर्दै जागिर खाईदिने धम्की दिने गरेको दावी पनि उजुरीमा गरिएको छ । श्रेष्ठले गुणस्तरहीन सामान आयात गरी व्यापारीहरुसँग कमिशन खाने गरेको पनि उजुरी उल्लेख छ ।
प्रतिक्रिया