देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले परिणाम दिनगरी काम गर्नुपर्छ : थापा

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बस्नका लागि मात्र नभई परिणाम दिनेगरी काम गर्न सक्नुपर्ने बताएका छन् ।

आज पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले परिणाम देखिनेगरी काम गर्न सक्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले सरकारको सन्दर्भमा कांग्रेसको तर्फबाट भएको कमिटमेन्टमा आफूहरु पूर्ण प्रतिवद्ध रहेको बताए । सरकार ढाल्ने र बनाउने ‘पोलिटिकल एड्भेन्चर’ मा आफूहरु नलाग्ने पनि उनले बताए ।


महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने बताउँदै संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारे । उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर नजाने चेतावनी दिएका हुन् । राजनीतिक उपलब्धिका सम्बन्धमा आम नागरिकमा सन्तोष रहे पनि अहिले ठूलो बेचैनी र असन्तोष रहेको पनि महामन्त्री थापाले बताए ।