देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो, केही सडक पूर्ण रुपमा बन्द

देशान्तर

काठमाडौं । बुधबार साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न राजमार्गमा बाढी र पहिरो गएको छ । पहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।

नेपाल प्रहरीले जारी गरेको बिहान ८ बजेसम्मको अपडेट अनुसार विभिन्न ९ स्थानका राजमार्गमा पहिरो गएको छ । जसमध्ये ३ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ५ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । एक स्थानमा भने पहिलो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ ।

प्रहरीका अनुसार रुकुम पश्चिमको राप्ती राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ । त्यस्तै, कालिकोटको सुर्खेत–हुम्ला सडक र सल्यानको जाजरकोट सडक पहिलोका कारण पूर्णरुपमा अवरोध छ ।