देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर  : स्वाद, सङ्गीत र संस्कृतिको सम्मिश्रण 

देशान्तर

 काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ लाई विशेष र स्मरणीय बनाउने उद्देश्यका साथ मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ । चैत्र ३१ गते आइतबार साँझ देवचुलीस्थित मिरायामा विशेष अफर सहितको नयाँ वर्ष सांस्कृतिक साँझ कार्यक्रम आयोजना हुने होटेलले जनाएको छ । मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सिजी हस्पिटालिटी अन्तर्गत नवलपरासीमा सञ्चालनमा रहेको आतिथ्य गन्तव्य हो । 

नेपालको प्रिमियर इको(वेलनेस र गल्फ रिट्रिट गन्तव्यको रूपमा परिचित मिराया, सिजी शाश्वतधामको शान्त र सुन्दर परिवेशमा अवस्थित छ । हरियाली जङ्गल, पवित्र प्रकृति र आत्मिक उन्नतिको अद्भुत सम्मिश्रण भएको मिरायामा नयाँ वर्षको साँझ नेपाली मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्दै थारू समुदायको सांस्कृतिक जीवन्तता प्रस्तुत गरिनेछ । उक्त सांस्कृतिक साँझमा थारू समुदायको परम्परागत सङ्गीत, रङ्गिन नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन् ।  थारू संस्कृति र परम्परालाई नजिकबाट अनुभूति गराउने यो कार्यक्रम उन्नति कल्चर भिलेजको सहकार्यमा आयोजना हुँदै छ । अतिथिहरूलाई डिनरअघि स्वादिला स्न्याक्स र आकर्षक सांस्कृतिक प्रस्तुति मार्फत स्वागत गरिनेछ भने साँझको मुख्य आकर्षणको रूपमा थारू परिकार र बीबीक्यू सहितको बफे डिनरको व्यवस्था गरिएको छ ।  स्वाद, सङ्गीत र संस्कृतिको सम्मिश्रणले नयाँ वर्षको सुरुआतलाई थप रमणीय बनाउनेछ । 

मिरायाले यस विशेष साँझलाई अझ रोमाञ्चक बनाउन नयाँ वर्ष लक्षित प्याकेज पनि सार्वजनिक गरेको छ ।  प्रति व्यक्ति रू ९,९९९ दरमा (कम्तीमा दुई जना) को लागि यो प्याकेज उपलब्ध हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ ।  ४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज रू ४,००० मा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरेमा निःशुल्क बस्न सक्ने सुविधा पनि दिइएको छ ।  डिनर मात्रको दर प्रति व्यक्ति रू ६,५०० नेट तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो ।  ४देखि १२ वर्षका बालबालिकाका लागि डिनर मात्रको रु ३,००० निर्धारण गरिएको छ ।  

यो अफर आइतबारको रात एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवाहरूमा आगन्तुकहरूले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटेलले जनाएको छ ।  स्थान सीमित भएकाले इच्छुक अतिथिहरूलाई अग्रिम बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन् । 

मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट केवल एक आवासीय गन्तव्य मात्र नभई रूपान्तरणात्मक जीवनशैलीको अनुभव हो, जहाँ वेलनेस, आध्यात्मिक उन्नति, संस्कृति, खेलकुद र साहसिक क्रियाकलापहरू एकै साथ समेटिएका छन् । प्राकृतिक हरियाली र शान्त परिवेशबिच अवस्थित मिरायामा वेलनेस, योग र ध्यान, आयुर्वेदिक थेरापी, जङ्गल वाक, साइक्लिङ, बर्ड वाचिङ, र आध्यात्मिक ध्यानमार्फत शरीर, मन र आत्माको सन्तुलन कायम गरिने अनुभव प्राप्त गर्न सकिन्छ ।  मिरायाले प्रत्येक आगन्तुकलाई आन्तरिक शान्ति र बाह्य जीवनशैलीबिचमा आधारित जीवन अनुभव गराउने उद्देश्य लिएको छ ।  यसले इको कन्सस जीवनशैली, आत्मिक पुनर्जागरण र सांस्कृतिक समावेशजस्ता पक्षहरूलाई एकैसाथ आत्मसात् गर्दै जीवनको उद्देश्यपूर्ण यात्रातर्फ डोर्‍याउने प्रयास गर्दछ ।  

नयाँ वर्षलाई सङ्गीत, संस्कृति, स्वाद र शान्तिको अनुपम सङ्गममा मनाउन चाहने जोडीहरू, परिवारहरू वा साथीहरूको समूहका लागि मिराया वेलनेस एण्ड गोल्फ रिसोर्टको यो विशेष साँझ एक प्रेरणादायी र अविस्मरणीय अनुभव बन्ने होटेलले विश्वास लिएको छ ।