काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच आज नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकहरुले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोड्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट ढुंगामुढा प्रहार भएका थिए । शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षकमाथि नियोजित रुपमा आक्रमण गरिएको भन्दै आक्रमणमा परी ६० जना शिक्षकहरु घाइते भएको बताएकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले भने ७ जना शिक्षक घाइते भएको जानकारी दिएको छ । घाइतेहरुको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने लगायतका माग राख्दै देशभरका शिक्षक, कर्मचारी चैत २० देखि दैनिकरुपमा काठमाडौंमा आन्दोलनमा उत्रिएका छन् । पटक पटक सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भएपनि बिना निष्कर्ष टुङ्गिएको छ ।
प्रतिक्रिया