देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनमाथि अमेरिकाले लगायो १०४ प्रतिशत भन्सार, एसियामा नेपाललाई सबैभन्दा कम

देशान्तर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक प्रतिस्पर्धी चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार लगाउने घोषणा गरेका छन् ।

अब चीनमाथि अमेरिकाको भन्सार कर १०४ प्रतिशत भएको छ । अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार चीनमाथि थप भन्सार दस्तुर लगाउने निर्णय भइसकेको छ ।

चीनसहित विश्वका ६० देशमाथि बढाइएको अमेरिकाको भन्सार दस्तुर आजदेखि लागू भएको ह्वाइट हाउसले जनाएको छ ।

एसियामा सबैभन्दा कम भन्सार दस्तुर नेपालमाथि छ । ट्रम्पले अब औषधी कम्पनीहरूमाथि पनि भन्सार दस्तुर उच्च बनाउने घोषण गरेका छन् । यो कदमपछि विदेशी औषधी कम्पनीहरू अमेरिकाबाट बाहिर जान बाध्य हुने ट्रम्प प्रशासनको दाबी छ ।

अमेरिकामा औषधी सप्लाई गर्ने अधिकांश कम्पनी चीन, भारत र युरोपका छन् । अमेरिकाले चीनबाट आउने सस्ता सामानका साना पार्सलहरूमाथि पनि भन्सार दस्तुर लाग्ने जनाएको छ । ट्रम्पले चीनले अहिलेसम्म अमेरिकालाई लुटेको भन्दै अब लुट्ने पालो हाम्रो भनेका छन् ।