काठमाडौं । सरकारले गभर्नर नियुक्तिका लागि तयारी गरिरहेकै अवस्थामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।
भट्टलाई गभर्नर बनाउन सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको चर्चा चलेसँगै शुक्रबार भट्टले राजीनामा दिएका हुन् ।
नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा यसअघि नै छनोट समिति गठन भइसकेको छ। छनोट समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् ।
राष्ट्र बैंक ऐनअनुसार छनोट समितिले राष्ट्र बैंकका एक डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्ने र सरकारले तीमध्येबाट एक जनालाई नियुक्ति गर्ने नीतिगत व्यवस्था छ ।
प्रतिक्रिया