काठमाडौं ।नेपाली कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दैछ । आज छलफलका लागि सभापति शेरबहादुर देउवा, भातृ संस्थाका अध्यक्षलगायतको संयुक्त बैठक बस्दैछ । भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।
तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ । पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ । कांग्रेसका १३ भातृ संस्थामा निर्वाचित समिति दुईवटा संस्थामा मात्रै छ । अन्य सबैमा तदर्थ समिति छ । यसैबीच नेपाल तरुण दलले आजबाट पूर्ण सदस्यता वितरण गर्ने भएको छ । जिल्ला कार्यसमिति मार्फत मात्रै तरुण दलको पूर्ण सदस्यता वितरण गर्ने निर्णय भएको हो ।
यस्तै, आगामी चैत २ र ३ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरी वडा तहदेखि जिल्ला अधिवेशनको कार्य तालिका बनाउने निर्णय पनि गरेको छ । संविधानले नै जातीय विभेदको अन्त्य गरेकोले सोही अनुसार व्यवहार गर्न दलको बैठकले सबैलाई आग्रह समेत गरेको उनले बताए ।
प्रतिक्रिया