देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ववियु निर्वाचन : ८१ क्याम्पसमा सर्वसम्मत, कहाँ को विजयी ?

देशान्तर

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत त्रिभुवन र नेपाल संस्कृत विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त ८१ वटा क्याम्पसमा सर्वसम्मत सभापति चयन भएका छन्।

७१ मध्ये ३२ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियु, २८ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ र २१ क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उम्मेदवार सर्वसम्मत चुनिएका छन्।

अनेरास्वियुबाट कोशीमा चार, बागमतीमा ८, गण्डकीमा तीन, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चुनिएका छन्।

नेविसंघबाट कोशीमा तीन, बागमतीमा ७, गण्डकीमा एक, लुम्बिनीमा ९, कर्णालीमा चार र सुदूरपश्चिममा चार क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चयन भएका छन्।

अखिल क्रान्तिकारीबाट कोशीमा एक, मधेसमा एक, बागमतीमा ७, लुम्बिनीमा एक, कर्णालीमा ९ र सुदूरपश्चिममा २ क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चयन भएका छन्।