काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वविशिष्टलाई आजीवन सुविधा दिन नहुने बताएका छन् । सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्– सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मको प्रयासः पूर्वविशिष्टलाई आजीवन सुविधा ।
सरकारको यस प्रयासलाई उनले ‘विनाशकाले विपरीत बुद्धिः’ अर्थात् विनाश हुन लागेको समयमा उल्टो बुद्धि आएको रूपमा संकेत गरेका छन् ।
यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने उल्लेख गर्दै कोइरालाले सरकारलाई यस्ता काम अघि नबढाउन, बरु दिइएको सुविधा पनि घटाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया