देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बबरमहलमा खानेपानीको पाइप फुट्नुको दोष नेपाल विद्युत प्राधिकरणलाई

देशान्तर

काठमाडौं । खानेपानी मन्त्रालयले बबरमहलमा खानेपानीको पाइप फुट्नुको दोष नेपाल विद्युत प्राधिकरणलाई लगाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताएका हुन् ।


यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पनि पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ । लिमिटेड सहकार्य नगरी तार भूमिगत गर्नेक्रममा मेलम्चीको पाइपमा क्षति पुगेको केयूकेएलका अधिकारीहरुको दाबी छ ।


आज दिउँसो बबरमहलको वन परिसर अगाडिको सडक छेउँमा मेलम्चीको पाइप फुटेको थियो जस्का कारण बबरमहल क्षेत्रका सरकारी कार्यालयहरु डुबानमा परेका छन् । अहिले भने गेट भल्भ बन्द गरिएकाले पानी आउन कम भएको छ ।