काठमाडौं । सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले पदबाट राजीनामा दिएका छन् । गत नोभेम्बरदेखिको देशव्यापी विरोध प्रदर्शनलाई थेग्न नसकेपछि भुसेभिकले राजीनामा दिएका हुन् । गत नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रेलवे स्टेसनको छतको एक भाग भत्किएको थियो । जसमा १५ जनाको मृत्यु भएको थियो ।
घटनापछि देशभर सरकारविरुद्ध विरोध प्रदर्शन भएको भयो । निर्माण परियोजनामा भएको भ्रष्टाचारका कारण दुर्घटना घटेको उनीहरूको आरोप थियो । नोभी साद घटनामा १३ जनामाथि भ्रष्टाचारको आरोप लागेको थियो । यसमा पूर्व यातायातमन्त्री गोरान भेसिकको नाम पनि मुछिएको थियो । त्यसको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए । तर, प्रदर्शनकारीहरू आन्दोलन जारी राखेका थिए ।
प्रतिक्रिया