देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र द्रौपदीको टिकटक प्रतियोगिता

देशान्तर

काठमाडौँ । चैत्र ८ गतेदेखि प्रदर्शन हुन लागेको ऋषिराज आचार्य निर्देशित चलचित्र द्रौपदीको कर्णाली काटौला …बोलको गीत अहिले चर्चामा छ ।

उक्त गीतमा टिकटक बनाउनेहरूको राम्रै सहभागिता हुँदै छ । हाल चलचित्रको युनिटले एउटा प्रतियोगिता घोषणा गरेको छ । चलचित्रमा प्रवेश गर्न चाहनेहरूका लागि यो महत्त्वपूर्ण अवसर हुनसक्छ । चलचित्र द्रौपदीको रबि ओड र इन्द्रकला राई को स्वरमा रहेको कर्णाली काटौला मुया पिरिम सङ्गै साटौला… गीतमा उत्कृष्ट ५ टिकटक बनाउनेलाई आर बि मुभिजको ब्यानरमा अब बन्ने चलचित्रमा अवसर दिने घोषणा गरिएको छ ।

साथै ती ५ जना मध्ये पहिलो हुनेलाई १५००० दोस्रो हुनेलाई १०००० र तेस्रो हुनेलाई रु ५००० नगद पुरस्कार समेत प्रदान गरिने छ । बाकी १०० जनालाई चलचित्र द्रौपदीको प्रीमियरमा चलचित्र द्रौपदी युनिट सङै बसेर चलचित्र हेर्ने अवसर दिइनेछ । टिकटक बनाउँदा #द्रौपदी #चैत ८ गर्नुपर्नेछ । टिकटकको नतिजा फागुन २० गते भित्रै निकालिने निर्माण युनिटले जनाएको छ । टिकटक हरेक उमेरका चलचित्र प्रेमीहरुले बनाउन सक्नेछन् ।