देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रविधि र समाज



सायद ग्यालिलियो ग्यालिलीले सन् १६०२ मा पेण्डुलम जति यताउति हल्लिए पनि केन्द्रीकृत भएर एउटा विन्दुमै पुग्छ नभनेको भए आधुनिक विज्ञानले रेडियोको विकासका लागि नयाँ इन्जिनियर वा वैज्ञानिक आजका दिनसम्म नि खोजिरहेको नै हुन सक्थ्यो । तर सोह्रौँ शताब्दीको त्यो परिकल्पनाले सत्रौँ शताब्दीमा आवाजको पनि तरंग छ भनेर खोजी ग¥यो । आवाजमा तरंग प्रमाणित गरेर फ्रिक्वेन्सी अध्ययन अगाडि बढ्यो । म्याक्स वेलले जब इलेक्ट्रोम्याग्नेटिक वेभ प्रोपागेसनको विषयमा खोजी गरे तत्पश्चात् ः पृथ्वीभित्र मात्र होइन पर ग्रहसम्म अध्ययनको बाटो खुल्यो ।

हर्जले रेडियो तरंगका बारेमा १८८७ मा केही अगाडि बढ्ने बाटो पहिचान गरे । विज्ञानले अगाडि विकास गर्र्दैगर्दा १८९५ सम्ममा अनुसन्धानले एउटा छलाङ लियो, जसको प्रतिफल आज हामी यति मेगाहर्जमा यो रेडियो प्रसारण भइरहेको छ भनेर भनिरहेका छौँ । त्यो हर्ज भन्ने शब्दमा वैज्ञानिक हर्जको सम्मान छ । नेपाल शताब्दिऔँदेखि स्वतन्त्र र स्वःअस्तित्वमा रहेको सायद पृथ्वीको सबैभन्दा पुरानो देश थियो, हो र जहिल्यै पनि रहन्छ । आजका दिनमा धेरै मानिसहरू यो देशमा म नेपाली नागरिक बनेर बस्न पाए हुन्थ्यो भन्ने अभिलाशा राख्ने पनि छन् । हिजो विदेशीको गुलामी भोगेका तत्कालीन पीडकहरूका सन्ततिहरूमा नेपाली बनेर इतिहास बोकेको देशको नागरिक हुँ भनी परिचित गराउन लालायित हुनु स्वभाविक पनि हो ।

यद्यपि आज उनीहरूले गरेको आर्थिक उन्नतिका बाबजुद किन उनीहरू नेपाली नागरिक बन्न चाहिरहेका छन् भन्नेमा सायद उनीहरूको पुर्खाले भोगेको दासत्वबाट विकास भएको कहालिलाग्दो ऐतिहासिक परम्परा अहिले पनि त्यो समाजमा गढेर रहेको कारण पनि हुन सक्छ । विदेशी गुलामी र साम्राज्यवादको अपराध भोगेर त्यही संकार, परम्परा आफनो जीवनशैली बनाएका सामन्तहरूका गतिविधिबाट आज पनि छिमेकी राष्ट्रका नागरीकहरू पीडित भएका घटना सार्वजनिक भइरहेकै छन् । नेपाली नारी प्रकृतिको हालसालै भएको घटनाले पनि नीचताको पराकाष्टा अहिलेसम्म पनि त्यहाँका धेरै नागरिकहरूमा यथावत् रहेको देखिन्छ नै । इतिहासको गुलामी, अत्याचार र कठिन अवस्था हिजो विदेशीबाट भोगेका ती छिमेकी मुलुकका नागरिक आज आफैँ उस्तै बनेर समाजका सञ्चालक बनेको परिस्थितिले पनि नेपालजस्तो इतिहासकै महान् राष्ट्रमा नागरिक बन्ने चाहना विकसित हुनु स्वाभाविक नै हो ।

म पनि नेपाली भन्ने परिचय किन्न प्रचण्ड प्रयास प्रचण्ड तौरतरिकामार्फत गरिरहेको यथार्थ नेपालको राजनीतिमा प्रस्ट भइसकेको पनि छ । दुःखमा गलत भोगेर गल्तीमा रमाएका ती पुर्खाको क्षमता अहिले पनि डीएनएमा रहेको त्यो प्राकृतिक बाध्यताको जिनमा नेपाली भनेर आफूलाई इज्जत भएको गैरवान्वित नागरिक प्रमाणित गर्न चाहेको अवस्था अहिले झन् व्यापक बन्दै गएको छ । नेपाली नागरिक भएर ती छिटा लागेको इतिहास मेट्न मात्र होइन, आफ्नै भूमिमा दिनानुदिन पीडित भएर बस्नुपर्ने बाध्यता पनि भुलाउन यिनीहरूले चाहिरहेका देखिन्छ । अझ नेपालको प्रकृति, सुन्दरता, हावापानी, एक नागरिकले अर्काे नागरिकलाई गर्ने इज्जतलगायत विभिन्न स्वतन्त्रताले पनि उनीहरूलाई आकर्षित गरिरहेको छ । हामी नेपाली भएकै कारण ‘बसुधैव कुटुम्बकम्’ आचरणबाट पनि त्यस्ता छिमेकी पीडित नागरिकलाई सम्भव भएसम्म शरण दिनु पनि हाम्रो ऐतिहासिक दायित्व तथा जिम्मेवारी हामीले हिजो पनि निभाएको हो र आज पनि निभाइरहेका छौँ ।

यो धर्मसापेक्ष कुरा, धर्मनिरपेक्ष बनिसकेको देशले कहिलेसम्म निरन्तरता दिने भन्ने प्रश्न अब हामीबीच उठिसकेको छ । पृथ्वीका हरेक मानिस नेपाल राष्ट्र मात्रका उपज हुन् भन्ने शिव र कैलाशको सनातन इतिहासको रक्षा गरेको भूमि हिन्दू राष्ट्र रहँदासम्म गर्दा राम्रै हो भन्नेमा द्विविधा पनि थिएन । यद्यपि यति महान् भूगोललाई विकृत गराउन विभिन्न तवरले वैधानिकता खोज्दै राजनीतिक आवरणमा पृथ्वीकै पुरानो जिनलाई नै सामन्ती प्रमाणित गराउँदै राजनीतिक उत्तेजना निर्माण गराएर मात्र होइन, यस धर्तीका महान् अप्सरासरी किशोरीहरूमाथि जघन्य अपराध गर्दै गराउँदै हिंसालाई समाजमा वैधानिक स्थापित गराएर नेपाल समाप्त पार्नकै लागि प्रचण्ड काम यो देशमा अपरिकल्पनीय हिंसालगायत युद्धमार्फत पनि चलेकै हो । बलजफ्ती त्यो शालीन नेपाली जिनलाई अपराध देखाउँदै तर्साउँदै गलत काम गर्ने परम्परा पुनः चलिरहेकै पनि छ ।


विद्वान्हरूलाई थिचोमिचो गरेर इन्जिनियरिङ विकास रोक्ने काम थोमस एल्बा एडिसनको समयमा नि भएकै शंका उपशंका गर्ने ठाउँ प्रशस्त भेटिन्छन् । महान् वैज्ञानिक निकोला टेस्लाले वायरलेस प्रविधि अपराधमा प्रयोग होला भनेर परिकल्पना गरेका थिएनन् । सन् १८९३मा इटलीका मार्कोनी ले नै एन्टेना र ग्राउण्ड प्रणालीबाट सिग्नल प्रसारण १८९५ गरेका कुरा इतिहास हो । १९०१ मा ट्रान्सएट्लान्टिक रेडियो प्रसारण, १९०२ मा इंग्ल्याण्डबाट क्यानडासम्मको सूचना आदानप्रदान, १९०६ मा मानिसकै पहिलो स्वरप्रविधिमार्फत स्थानान्तरण यी आजको सञ्चार विकासका लागि इतिहास हुन् । नोभेम्बर २, १९२० मा पेन्सिल भेनिया, अमेरिकाबाट भएको पहिलो व्यावसायिक रेडियोको प्रसारण होस् वा नोभेम्बर १४, १९२२ मा स्थापित बीबी सी होस् आजको सञ्चार क्षेत्रको विकासका प्रेरक संस्था तिनै हुन् । तर दोस्रो विश्वयुद्ध रेडियो विकासकै कारण पनि हुन गएका आधार पनि छन् भने पहिलो विश्वयुद्धमा पनि रेडियो तरंगले सैनिकहरूलाई बल पुगेकै हो ।

यसरी संसारमा प्रविधिले अतुलनीय परिवर्तन गराइरहेको यथार्थतामा पनि नेपालमा १०–१० वर्षमा संविधान बनाउने र हरेक संविधान जारी गर्दैगर्दा तत्तत् मितिसम्म यस देशमा रहेका सबै नागरिक चाहे ती भुटानी शरणार्थी हुन् वा रोहिंग्या शरणार्थी हुन् वा बंगलादेशी पठाओचालक नागरिक हुन् वा अझ आलेखको अगाडि उल्लेखित छिमेकी राष्ट्रमा पीडित भएर शान्तिको खोजी गरेर यता आएका नागरिक हुन् हामीले सधैँ सबैलाई ‘बसुधैव कुटुम्बकम्’ भन्दै यतै शरण दिइरहनुपर्ने ? उनीहरूजस्ता नवनागरिकको हितका लागि अझ हामीले नै यहाँ नेता चयनसमेत गरिदिनुपर्ने कहिलेसम्म ? यिनैका सुखद भविष्यका लागि फेरि निराशाको खेती गर्न प्रचण्ड प्रतापी नेताको खोजी गरिरहेको हाम्रो देशले कहिले इतिहासका वशिष्ट ऋषिजस्ता ऋषिहरूको रिसर्च सेन्टर वा वेद व्यास, पतञ्जली, बुद्ध, राम अनि शिव, पार्वतीका विषयमा चर्चा गर्ने अवस्थामा पुग्ने होला ।

प्रविधि र प्राविधिक हजारौँ वर्षपहिले नै जन्माइसकेको यस्तो अद्वितीय भूमिको गरिमा र यहाँका उत्कृष्ट डीएनए भुलेर नयाँनयाँ आपत्तिजनक संस्कार शिक्षालगायत काममा हामी कहिलेसम्म व्यस्त हुने ? पहिला धेरै अनागरिकलाई नेपाली नागरिक बनाउन पाऊँ । त्यसपछि मात्र मानव शरीरमा जनावरको टाउकोसम्म पनि जोडेर शक्ति प्रदान गर्न विज्ञानको उपयोग गरेको देश हो नेपाल भन्ने तथ्य खोजी गर्न दिने हो अन्यथा नियन्त्रित अस्थिरतामा नै नेपाल भुलाउनका लागि लगानी गर्ने हो भन्ने अवस्थाबाट हामीले कहिले मुक्ति पाउने ? अलौकिक दैवी सिर्जनाहरू भएको यो देश जहिले पनि शरणार्थी होइन म, म त पूज्य यो भूमिको नागरिक हुँ भनेर परिचय र गर्व गर्न चाहने नवआगन्तुकहरू खोजिरहने रापतापबाट मुक्ति पाएर आफैँले सनातन सभ्यतासँग जोडिएको प्रविधिमैत्री पुस्तकहरू लेखन गराई विद्यालय तहदेखि विश्वविद्यालय इन्जिनियरिङ निकायसम्म पढाइ हुने र विश्वको सबल राष्ट्रका रूपमा परिचित हुने स्थितिको पर्खाइ के कालान्तर गर्न बाध्य पारिरहेका तत्त्वहरूबाट छिटै मुक्ति पाएर आफनो राष्ट्रहितमा लाग्न सक्ला ? खगोल विज्ञानमा आउँदो दशकसम्म जति विकास हुनपर्ने हो र गर्न सकिन्छ त्यसका लागि पनि माटो समेत आफैँमा चैतन्य भएको यो भूमिले अहिलेको कांग्रेस र एमालेको यो गठबन्धनबाट त्यो दिशा समात्ने जग बसाओस् ।

अनि नेपालमा लेखिएका ऐतिहासिक ती पुस्तक अन्य देशका उपज नभएर नेपालको हो भन्ने कायम गर्दै श्रीस्वस्थानी परमेश्वरीको पुस्तक च्यात्न समेत मजा लिने वर्गलाई शिक्षित गराउँदै यी अमूल्य सम्पत्ति आउँदो दशकको स्पेस इन्जिनियरिङमा बरदान साबित हुने नेपालको जैविक अधिकार कायम गरोस् । प्रविधि र पूर्वीय दर्शन अध्ययन गरिरहेका व्यक्तिहरूले नेपालमा लेखिएका ऐतिहासिक ती पुस्तकलाई समयसापेक्ष परिमार्जन गरी समग्र मानवकल्याणमा आउँदो दशक काम गर्न सक्ने वातावरण सिर्जना होस् । देशमा स्थिरता कायम गरी माटोसुहाउँदो प्रविधिको विकास गर्न सकियो भने यो देशको विकास हुन लामो समय लाग्ने छैन भने दुवै छिमेकीको पनि यसैमा बृहत् हित हुनेछ । क्रमशः…

(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येयता हुन् ।)