देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको उपयोगितावाद

देशान्तर


काठमाडौं । निर्वाचनमा राप्रपा, राप्रपा नेपाल र सत्ता साझेदारीमा राप्रपा र रास्वपालाई पटकपटक काँधमा बोकेर हिँडिरहेको नेकपा एमाले कथनी र करणी उपयोगितावादको सिद्धान्तमा हिँडेको देखिएको छ । एमालेको प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकोे प्रतिवेदन हेर्दा विशेषगरी राप्रपा र रास्वपाका बारेमा उल्लेख गरिएको दृष्टिकोण विश्लेषण गर्दा एमालेको कथनी र करणी तालमेल खाँदैन । ओलीले दक्षिणपन्थी दल किटान गर्दै राप्रपा वैकल्पिक राजनीतिक शक्ति हुन नसक्ने टिप्पणी गरेका छन् । ओलीले निर्वाचनमा प्रियतावादी अथवा पपुलिस्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेको उल्लेख गरेका छन् । उनको भनाइ छ सही दर्शन र विचारधारा नभएको, अर्थ राजनीतिक दिशा स्पष्ट नभएको र आफ्नो स्वार्थका लागि अस्थिर र चलायमान रहने शक्तिहरू विकल्प हुन सक्दै सक्दैनन् ।’ ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटनाको रूपमा चित्रण गरेका छन् ।


हिजो शनिबार ललितपुरको गोदावरीमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रूपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गरेका छन् । दलहरूको क्रियाकलापप्रति आम नागरिक असन्तुष्ट भएको स्विकार गर्दै ओलीले असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिएको बताएका छन् ।
संविधानका मूल विषयमा अस्पष्ट र असहमत रहनेहरूको संख्या निर्वाचनपछि प्रतिनिधिसभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष ओलीको निष्कर्ष छ । ओलीले विगतमा आफूले गरेको संसद् विघटन र सरकारमा बहुमत नपुगेर सरकार छोडेको कुरालाई संविधानको अपव्याख्या गरेर हटाएको भन्दै आफ्नो बचाउ गरेका छन् ।