देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय -गर्मीको कहर

देशान्तर


वैशाखको सुरुवातदेखि नै उखरमाउलो गर्मी सुरु भएस“गै देशभर डढेलो र सुक्खा ह्वात्तै बढेको छ । यसैको कारण देशभर मौसमीवायु विषाक्त बनेको मौसमविद्हरूको भनाइ छ । मुलुकको राजधानी काठमाडौं वैशाखको पहिलो सातामा नै तीन पटक विश्वको सबैभन्दा प्रदूषित सहरमा दरिइसकेको छ । गर्मीको कहर बढ्ने क्रम रोकिएको छैन, फलस्वरूप नदीनालामा पानीको वहाव घट्नाले नियमित विद्युत् वितरणसमेत प्रभावित भएको छ । अघोषित रूपमा लोडसेडिङ भइरहेको छ भने उद्योगहरूमा त घोषित रूपमा कायम छ । जलवायु परिवर्तनका कारण भनिए पनि मुलुकमा घट्दै गइरहेको हरियाली र इन्धनद्वारा सञ्चालित सवारीसाधनको वर्चस्व र सरकारले यसतर्फ उचित ध्यान नदिनु नै गर्मीको कहर बढेको पुष्टि हुन्छ । यही रूपमा गर्मी बढ्दै गएमा तराईमा यसैका कारण आगलागीका घटना त भएकै छन्, मृत्युको सम्भावना पनि बढ्ने देखिन्छ । पहाडी क्षेत्रमा गर्मीस“गै खानेपानीको मुहान सुक्दा थप समस्या देखिएको छ । केही दिनयता तापक्रम निरन्तर बढिरहेको छ भने पर्याप्त वर्षा नहु“दा नागरिकको दैनिकी नै प्रभावित हुन थालेको छ ।

केही वर्षयता संसारभरको तामपक्रम नै बढिरहेको छ । जलवायु परिवर्तनको असरका कारण पृथ्वीको तापमान बढिरहेको हो । कार्बन उत्सर्जनमा कुनै योगदान नरहेको नेपाल पनि यसको असरबाट प्रभावित हुनु परेको छ । जलवायु परिवर्तनका कारण तापमान बढ्दै जा“दा प्राकृतिक प्रणालीमाथि नै असर पर्न थालेको छ । अतिवृष्टि, अनावृष्टि, लामो खडेरी, सुक्खा याम, बाढी, पहिरोजस्ता घटनाक्रम बढेका छन् । जसबाट नेपालीहरूले प्रत्यक्ष असर भोगिरहेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष नेपालमा हालसम्मकै गर्मी हुने छ । नेपालका केही जिल्लाको तापक्रम ४५ डिग्रीसम्म पुग्न सक्ने विभागको अनुमान छ । अघिल्ला चार वर्षको तुलनामा गत वर्ष उच्च गर्मी भएकोमा यस वर्ष त्योभन्दा पनि गर्मी हुने अनुमान छ । यसरी गर्मी बढ्दै नागरिकको हरेक क्रियाकलाप प्रभावित हुने निश्चित छ ।
तामपक्रमको ग्राफ दैनिक रूपमा बढ्दै जा“दा नागरिकको दैनिकी प्रभावित हुन थालिसकेको छ भने यसबाट थप समस्या सिर्जना हुने निश्चित छ । तराई मधेसमा लू लाग्ने सम्भावना छ । गर्मीकै कारण नागरिकहरू बिरामी पर्न थालिसकेका छन् । अस्पतालहरूमा बिरामीको संख्या बढ्न थालेको छ ।
गर्मीको असर देखिन थालिसक्दा पनि सरकार र सरकारी निकायले भने गर्मीबाट नागरिकलाई सुरक्षित गराउन कुनै पनि पहल थालेका छैनन् । अहिले सामान्य असर देखि“दा नै पहल थाल्नु पर्नेमा सरकारी निकाय चुपचाप बस्दा केही दिनभित्रै जटिल समस्या निम्तिन सक्ने चेतावनी स्वास्थ्य क्षेत्रका विज्ञहरूले दिन थालेका छन् । पछिल्ला वर्षहरूमा बढ्दै गएको गर्मीले नागरिकको स्वास्थ्य, बालबालिकाको पढाइ तथा कृषि क्षेत्रमा गम्भीर समस्या आउन सक्ने विज्ञहरूको अनुमान छ ।
यसपालिको हिउ“दमा खासै वर्षा भएन । हिउ“दे वर्षा नभएकाले पहाडी क्षेत्रमा लगाइने हिउ“दे बालीजस्तै गहु“, तोरीको खेती खासै भएन । किसानका बारी बाझै रहे । वैशाखको पहिलो साता बितिसक्दा पनि पर्याप्त वर्षा भएको छैन । पहाडी क्षेत्रका बारीमा किसानदे मकै रोप्न पाएका छैनन् । खोला र खोल्सामा पानीका मुहान सुक्दै गएका छन्, यसको असर खेतमा हुने सि“चाइमा परेको छ । त्यस्तै, खानेपानीका मुहान पनि सुक्न थालेका छन् । पहाडी क्षेत्रमा खानेपानीको जोहो गर्न घण्टौं बिताउनु पर्ने अवस्था आइसकेको छ ।
सुक्खा यामसँगै देखिने पहिलो असर हो आगलागी तथा डढेलो । यसपालिको फागुन, चैत महिनामा मात्रै हजारौं स्थानमा डढेलो लागेको छ । आगलागी र डढेलोमा परी २० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसरी ज्यान गुमाउनेमा बालबालिकादेखि सुरक्षाकर्मीसमेत छन् । जंगलमा लागेको आगोले वन्यजन्तुसमेत प्रभावित भएका छन् ।
गर्मीले नागरिकको दैनिकी र स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ र यो असर देखिन थालिसकेको छ । मौसम र स्वास्थ्य क्षेत्रका विज्ञहरूले यो वर्ष गम्भीर असर देखिन सक्ने चेतावनी दिइसकेका छन् । यस्तो अवस्थामा पनि कुनै पनि तहका सरकारले त्यस्तो असर न्यूनीकरण गर्ने उपाय तथा विकल्प खोजेका छैनन् । गर्मीको असरबाट नागरिकलाई अपनाउनुपर्ने उपाय अवलम्बन गर्न अब ढिला गर्नु हु“दैन ।