देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीति एल्बमको तयारीमा खनाल

देशान्तर

काठमाडौँ । गीतकार ध्रुव खनाल नयाँ गीति एल्बम सार्वजनिक गर्ने तयारीमा छन् । यस्का लागि उनले  ५ वटा  गीत रेकर्डिङ सम्पन्न गरिसकेका छन् भने एल्बममा रहने बाँकी गीत यसै साता रेकर्ड गरी सक्ने उनको तयारी छ ।  

साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकार खनालले  कविता , उपन्यास ,  लगायतका कृतिहरू सार्वजनिक गरिसकेका छन् ।  खनालले गत शनिवार काठमाडौँमा  सम्पन्न  नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड –२०२४ मा आधुनिक गीत विधा तर्फ सर्वोत्कृष्ट शब्द रचना साथै राष्ट्रिय भावको गीत विधामा जुरी अवार्ड पाउन  सफल भएका थिए ।   यति बेला खनाल आफूलाई गीतकारका रूपमा स्थापित  हुन क्रियाशील रहेका छन् ।