देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी

देशान्तर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ ।

बिहीबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१, मनाङमा ४३ र मुस्ताङमा एक सय सात विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । 

परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ ।

२७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ । परीक्षण केन्द्रमा उत्तरपुस्तिका पु¥याउने र नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै रहने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।