देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाले उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाए

देशान्तर

काठमाडौँ । इलाम–२ को कांग्रेसका उम्मेदवारका आकांक्षीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् । आज दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारका लागि सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका हुन् ।

कांग्रेसको इलाम निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् । कांग्रेसले चैत २० गतेसम्म कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक राखेर उपनिर्वाचनका उम्मेदवार चयन गर्नेछ ।