देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले हरायो

देशान्तर

काठमाडौं । नेपालले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ । टी–यू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आयरल्यान्डले नेपाललाई १२२ रनको चुनौती दिएको थियो । नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन जोडे ।
आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक÷एक विकेट लिए । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।