देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा कांग्रेसको प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेकोे छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठूला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ्ग उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेका हुन् ।


सहकारी ठगी प्रकरणदेखि सुन काण्ड, भुटानी शरणार्थी काण्डसहित सबै काण्डका दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । आफू सत्तापक्षमा रहँदा पनि दोषीलाई कारबाही गर्नुपर्ने बोलेर प्रतिपक्षीलाई सहयोग गरेको भन्दै उनले गृहमन्त्री लामिछाने दोषी र निर्दाेष अनुसन्धानले गर्ने भएकाले छानबिन गर्ने वातावरण बनाउन लाग्नुपर्ने बताए ।


उनले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरे ।
उनले अनुसन्धान प्रभावित होला भन्ने डर लागेको भन्दै प्रधानमन्त्रीको जवाफ मागे । थापाले सुन तस्करीमा शक्तिशाली मानिस संलग्न भएकाले प्रहरीको नियमित अनुसन्धानबाट छानबिन सही टुंगोमा पुग्न सक्दैन भनेर एमालेले गरेको आशंका सही साबित भएको बताए । सहकारीले हजारौं मानिसको अर्बौं हिनामिना गरेको भन्दै उनले त्यसमध्ये एक पोखराको सूर्यदर्शन सहकारी भएको बताए ।