देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेशसमा ‘हाम्रो नेपाली पार्टी’को सरकारको नेतृत्वमा दाबी

देशान्तर

काठमाडौं । बागमती प्रदेशसमा ‘हाम्रो नेपाली पार्टी’ले सरकारको नेतृत्वमा दाबी गरेको छ । चैत ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको हो ।
लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाम्रो नेपाली पार्टीको यो निर्णयले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । सत्ता गठबन्धनमा जम्मा ५५ सांसदमात्र छन् ।