देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोली हानेर पैसा लुट्ने समूह प्रहरी नियन्त्रणमा

देशान्तर

काठमाडौं । मनी ट्रान्स्फरका सञ्चालकलाई गोली हानेर पैसा लुट्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट आएको एक समूहले शुक्रबार रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्स्फरका सञ्चालक नितेश साहलाई गोली हानेर पैसा लुटेको थियो ।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार पैसा लुटेर भाग्ने क्रममा स्थानीयको घेराउमा परेपछि उनीहरू पैसाको झोला फालेर भागेका थिए ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने समूह भारतको बिहारस्थित मोतिहारीको पूर्वी चम्पारणबाट आएको हो । समूहमा मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेका छन् । उनीहरूलाई मोटर साइकलमा भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान मोटरसाइकल बरामद गरिएको छ ।