देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित

देशान्तर

काठमाडौं । हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । सन्दीप जोराले १३ बलमा ३ चौकासहित १७ रन बनाए ।

कुशल भुर्तेलले ५ र विनोद भण्डारीले ४ रन बनाए । गुल्शन झाले ६ रन र रोहित पौडेल १२ रन बनाए भने विवेक यादव १ रनमा क्याच आउट भए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
नेपालले अब दुई सातापछि घरेलु मैदानमा आयरल्यान्ड ए सँग दुई टी–२० खेल खेल्नेछ । त्यसपछि गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न भारत जानेछ ।