देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले बोलाएको बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो केहिबेरमा बैठक बस्दै छ । सत्ता गठबन्धनमा भएको फेरबदलसँगै देउवाले पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

बैठकमा संघीय संसदमा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गरिने छ । यसैगरी नेकपा (एमाले) संसदीय दलको बैठक पनि बस्दै छ । केहिबेरमा बानेश्वरस्थित संसद्को ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको प्रतिनिधिसभा बैठकमा लिने विश्वासकोे मत लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।