देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुदैन : महतो

देशान्तर

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरुआत गरेका राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग उनले अहिलेको गठबन्धन पनि लुटतन्त्र मच्चाउनका निम्ति भएको आरोप लगाए ।

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउन मात्र हुँदै आइरहेको टिप्पणी गरे । वर्तमान गठबन्धन पनि कुर्सीकै खेलका निम्ति निर्माण गरिएको उनले बताए । बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने उनको भनाइ छ ।