देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआइसी एसिया बैंकबारे भ्रम छर्दै बार्गेनिङ गर्दै गिरोह

देशान्तर

काठमाडौँ । एनआइसी एसिया बैंकका बारेमा बिभिन्न सञ्चार माध्यम , केहि ब्यक्तिबाट बैंक डुब्दै गरेको र निक्षेप निकाल्न भनेर प्रचारीत गरि रहँदा राष्ट्र बैंकले बैंकहरुका बारेमा आएको हल्लाको पछि नलाग्न गत मंगलवार सबैलाई आग्रह गरेको थियो ।
सबै बैंकहरुमाथि केन्द्रीय बैंकले निरन्तर अनुगमन नियमन र अध्ययन गरिरहने हुनाले एनआइसी एसिया बैंक बारे आएका प्रचारहरु नियोजित र स्वार्थप्रेरित रहेको बैंक तथा बित्तिय संस्थाका जानकारहरुले बताएका छन् । राष्ट्र बैंकले बैंकको वित्तीय स्थिति ठिकठाक भएको उल्लेख गरिसके पछि पनि उक्त बैकक बारेमा भ्रामक खवर सार्बजनिक गरेर कतिपयले बार्गेनिङ गरेको पनि पाइएको छ । केहि संचार माध्यमले राम्रो खवर छापिदिए बिज्ञापन दिने अफर गर्ने गरेको भनेर समाचार प्रकाशन गरी बैंक संग बार्गेनिङ गरेको पाइएको छ । तर राष्ट्र बैंकको आधिकारीक धारणा अनुसार बजारमा आएका हल्ला निराधर भएको पुष्टी भएको छ ।


बिज्ञप्तीमा भनिए अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।
‘पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशनअनुरूप नै रहेको छ । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ ।


बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ । बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ बिज्ञप्तीमा भनिएको छ ’ ।