देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करी जाँचबुझ आयोगले माओवादी नेता महराको लियो बयान

देशान्तर

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महराको बयान लिएको छ । बिहीबार आयोगकै कार्यालय सिंहदरबारमा बोलाएर आयोगले महराको बयान लिएको हो । इलेक्ट्रिक सिगरेट -भेप_ मार्फत तस्करी भएको नौ किलो सुनसँग जोडिएका थिए ।

भेप चिनियाँ नागरिक लि हासोङ्गले नेपाल ल्याएका थिए । उनी फरार छन् । उनीसँग महराको कनेक्सन देखिएको थियो । उक्त तस्करी प्रकरणमा जोडिएका महराका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन् ।

सरकारले साउनमा तस्करी भएको ६१ किलो सुन र भेप मार्फत भएको सुन तस्करीबारे छानबिन गर्न असोजमा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा आयोग बनाएको हो । आयोगले सुन तस्करीमा संलग्नहरुमाथि बयान लिनेक्रम जारी छ ।