देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६१ किलो सुन तस्करीमा मगरविरुद्ध डिफ्युजन नोटिस

देशान्तर

काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले ६१ किलो सुन तस्करीमा जोडिएकी रोल्पाकी कमला रोका मगरविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका क्रममा गएको साउनमा काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा उनको संलग्नता देखाएको थियो । उनी बेल्जियम मूलका तिब्बती नागरिक दावा लामाकी श्रीमती हुन् ।

दावा सोही मुद्दामा हाल पुर्पक्षका लागि थुनामा छन् । तर, कमला भने फरार छन् । नेपाल प्रहरीको एनसीबी काठमाडौंको पत्राचार पछि कमलालाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।