देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ ।  बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए ।

बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । 

पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति धन्यवादको प्रस्ताव टेबुल गरेका थिए ।

नाराबाजीका बीच सभामुखले धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरेका थिए ।