देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इरानले गर्यो तीन उपग्रहको अन्तरिक्षमा सफल परिक्षण, पश्चिमी देशहरु सशंकित

देशान्तर

काठमाडौं । इरानले आइतबार तीनवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । तर, पश्चिमी देशहरूले इरानको उक्त कार्यको  आलोचना गरेका छन् ।

पश्चिमी देशहरूले त्यसले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अझ बढाउने भन्दै आशंका गरेका छन् । इरानको सिमोर्ग रकेटको सफल परिक्षण भएको जनाइएको छ । इरानले गरेको यो प्रक्षेपण गाजा पट्टीमा इजरायलले हमासविरुद्ध जारी युद्धका कारण पश्चिम एसियामा तनाव बढेको बेला गरेकाले अन्तर्राष्ट्रिय समूदायले पनि चासो देखाएका छन् ।

इरानको सरकारी टेलिभिजनले जारी गरेको फुटेजमा राति सिमोर्ग रकेट प्रक्षेपण गरिएको देखाइएको छ । 

सरकारी टेलिभिजनले प्रक्षेपण गरिएका भूउपग्रहहरूलाई महदा, केहान–२ र हत्फ–१ नाम दिएको छ । महदा एक अनुसन्धान उपग्रह हो, जबकि कायहान र हत्फ क्रमशः ग्लोबल पोजिसनिङ र सञ्चारमा केन्द्रित नानो उपग्रह हुन् ।

अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले आणविक हतियार पु¥याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो । इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो ।