देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय-आफ्नै मान्यतामा चुकेको कांग्रेस

देशान्तर


अस्ति शुक्रबार नेपालको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक ९लोकतान्त्रिक० पार्टी नेपाली कांग्रेसले आफ्नो ७८ औं स्थापना दिवस मनायो, औपचारिकतामा मात्र । १०४ वर्षे एकतन्त्रीय राणा शासन फाल्नको लागि गठित पहिलो राजनीतिक दल थियो– नेपाली कांग्रेस । मुलुकमा प्रजातन्त्र स्थापना र एकतन्त्रीय राणा शासनबाट उन्मुक्तिको लागि गठित नेपाली कांग्रेसले मुलुकका सबै परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको जगजाहेर छ । २००७, २०४६, २०६२÷२०६३ को आन्दोलनको नेतृत्व गरेको कांग्रेस आज गठबन्धनमा चुनाव लड्नुपर्ने र नेतृत्व गर्न नसक्ने अवस्थामा किन पुग्यो रु गम्भीर रूपले विश्लेषण गर्नुपर्ने अवस्था छ । वर्तमान नेतृत्वको कारण नेपालको राजनीतिको मियो नेपाली कांग्रेस मुलुकको नेतृत्व गर्नबाट चुकेको छ भन्ने चर्चा राजनीतिक वृत्तमा छ । यसलाई वर्तमान नेतृत्वले आत्मसात् गरेको छ कि छैन रु स्थापना दिवसमा तमाम कांग्रेसीजनले खोजेको प्रश्नको जवाफ नेतृत्व दिन सक्छ रु कांग्रेसजनबीच अहिले यो नै मूल विवेचनाको विषय हो ।


राणातन्त्रको अन्त्य, प्रजातन्त्रको स्थापना, प्रजातन्त्रको पुनस्र्थापना, लोकतन्त्रबहाली, गणतन्त्रको स्थापना तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस अहिले कुन अवस्थामा छ रु नेताहरूको प्राथमिकता के छ रु यी कुरा त छर्लंगै छ“दै छ, योस“गै यसबीचमा व्यक्तिगत लाभकै कारण पार्टीले कति क्षति भोग्नुप¥यो, त्यसको त लेखाजोखा नै छैन । त्यसो त कांग्रेसका व्यक्तिगत टकराव नया“ होइन, तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस स्थापना हु“दा नै कांग्रेसमा व्यक्तिगत टकराव नभएको भने होइन । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाका क्रममा टंकप्रसाद आचार्य र स्वयम् बीपी कोइरालाको व्यक्तित्वका बीचमा टकराव भएपछि २००३ सालमा नै आचार्यलाई सभापति र कोइरालालाई कार्यवाहक सभापति बनाउने निर्णय भएको थियो । २००६ सालमा राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेस बन्दा सभापतिमा मातृकाप्रसाद कोइराला चयन भए । महेन्द्रविक्रम शाह महामन्त्री, सुवर्णशमशेर जबरा कोषाध्यक्ष, कृष्णप्रसाद भट्टराई सहमहामन्त्री र विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर, रुद्रप्रसाद गिरी, कु“वरकल्लु सिंह र राजेश्वरीप्रसाद उपाध्याय सदस्य भए । तर त्यसपछि बीपी र मातृकाबीच टकराव देखियो । यो विवाद हटाउन २०१२ सालमा वीरगन्जमा भएको महाधिवेशनबाट सुवर्णशमशेर राणा सभापति चुनिए । तर, त्यसपछि फेरि सुवर्ण र बीपीबीच विवाद बढेपछि २०१४ साल जेठमा विराटनगरमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट बीपी कोइराला सभापति छानिए । नेताहरूबीच टकराव रहे पनि राष्ट्रिय राजनीतिमा भने उनको मतभेद थिएन । लक्ष्यमा पार्टी अगाडि बढिरहेको थियो ।

त्यसैले त बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । त्यसपछि बीपीले लामो समय पार्टीको नेतृत्व लिए । बीपीपछि सभापति बनेका कृष्णप्रसाद भट्टराईको सभापतिका रूपमा दुई कार्यकाल पनि टकरावमै बित्यो । कहिले कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका बीचमा त कहिले गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहका बीचमा विवाद बल्झिरह्यो । यहा“सम्मको विवादले पार्टी संगठनलाई खासै असर पारेको थिएन, नेताहरू पार्टीको नीति र सिद्धान्तमा प्रतिबद्ध थिए । पार्टी आफ्नो लक्ष्यमा अडिग थियो, उपलब्धि हासिल भइरहेको थियो । तर, २०५६ सालको आमनिर्वाचनपछि कांग्रेसमा यसरी व्यक्तिवादी निहित स्वार्थ हाबी भयो, त्यसको असर अहिलेसमम परिरहेको छ । गिरिजाप्रसाद कोइरालास“गको टसलका कारण शेरबहादुर देउवाले त पार्टी नै विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे । त्यसबीचमा चुनाव नभएकाले संसदीय गणितमा खासै फरक त परेन, तर, कार्यकर्ता दुई खेलामा विभाजित हुन पुगे ।


कांग्रेसमा पछिल्ला दुई कार्यकाल शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरिरहेका छन् । उनले कांग्रेसको नेतृत्व गरिरह“दा सबैभन्दा बढी गुटबन्दी मौलाएको छ । देउवाले आफ्नो गुटका बाहेकलाई अवसर दिनै नचाहेको इतरपक्षको गुनासो छ । त्यसैकारण अहिले कांग्रेसमा गुटगत किचलो पेचिलो बन्दै गएको छ । विचार, कार्यक्रम र सिद्धान्तका आधारमा नभई व्यक्तिगत आग्रह, पूर्वाग्रह र स्वार्थलाई केन्द्रमा राखेर गुट बन्ने र भत्कने क्रमले तीव्रता पाएको छ । सभापति देउवा र इतर पक्षका दुई मुख्य गुटमात्र होइन, एक दर्जन जति उपगुट छन् । गुट र उपगुटले पार्टीका निकायमा मात्र होइन, सरकार र संसद्मा पनि भाग खोज्ने गरेका छन् । पहिला केन्द्रमा मात्र सीमित गुटगत किचलो अहिले वडा तहसम्म पुगेको छ । नेतृत्वले नै सच्चिन तयार नभएसम्म यो समस्या अझै झांगिने देखिएको छ ।